बुटवलको सेमलारमा ‘बी’ लेवल खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी गरिएको छ । खेलप्रमिहरु स्व. दिलिप पुन, स्व. कृष्ण पौडेल र स्व. लक्ष्मण तिवारीको स्मृतिमा बुटवल उपमहानगरपालिका वडा नं. १५ मा रहेको नव पञ्चरत्न युवा क्लवले ‘बी’ लेवल खुल्ला पुरुष तथा भेट्रान्स व्याडमन्टिन प्रतियोगिता गर्न लागेको हो ।
यहि कात्तिकको १२ र १३ गते गरिने प्रतियोगिताको तयारी करिव पुरा भएको बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष जयमंगल भुसालले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्नको लागि ६ लाख रुपैंया बढी लागत अनुमान गरिएको उक्त प्रतियोगितामा खुल्ला ‘बी’ लेवल तर्फ प्रथम हुनेलाई ३५ हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार रुपैंया नगद पुरस्कार सहित मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक शिव रानाले जानकारी दिनुभयो । त्यस्तै भेट्रान्स तर्फ प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १२ हजार र तृतीय हुनेलाई ६ हजार रुपैंया नगद पुरस्कार सहित मेडल प्रदान गरिने छ । त्यस्तै प्रतियोगितामा सर्वोत्कृट खेलाडीलाई ३ हजार र उदियमान खेलाडीलाई २ हजार ५ सय रुपैँया नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनु भयो ।
प्रतियोगिता बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलारमा मा निर्माण गरिएको कवर्डहलमा सञ्चालन गरिने छ । दुई दिनसम्म सञ्चालन गरिने प्रतियोगितामा रुपन्देही सहित आसपासका १४÷१५ जिल्लाबाट ‘बी’ लेवलमा ६४ र भेट्रान्समा ३२ टिम सहभागि हुने क्लवका सल्लाहकार गंगा नेपालले बताउनु भयो ।
पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष डम्बरबहादुर भण्डारीले करिव २ करोड ५० लाख रुपैंया लागतमा कवर्ड हल निर्माण गरिएको र यसले खेलको बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।