बागमतिकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

1.3K

बागमतिकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज राजीनामा दिनुहुने भएको छ । गत बिहिबार संसदमा विश्वासको मत माग्नुभएकी शाक्यले विश्वासको मतउपर मतदान हुनु अगावै राजीनामा गर्ने निर्णय गर्नुभएको हो । यहि कात्तिक ४ गते भएको संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्नु भएको थियो ।
मुख्यमन्त्री शाक्यले मागेको विश्वासको मत सम्बन्धि प्रस्ताव माथि छलफल हुँदाहुँदै सभामुखले आजलाई बैठक बोलाउनु भएको थियो । सोही अनुसार आज विश्वासको मत सम्बन्धि प्रस्तावमा मतदान हुदैथियो । मुख्यमन्त्री शाक्यले प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने बताईएको छ ।