बुटवलमा जेसीज सप्ताह सुरु : ‘जेसीज बुटवल एकेडेमी’ र ‘पब्लिक स्पिकर बुटवल’ हुँदै

318

बुटवलमा जेसीज सप्ताह सुरु : ‘जेसीज बुटवल एकेडेमी’ र ‘पब्लिक स्पिकर बुटवल’ हुँदै

बुटवल जेसीजमा ‘जेसीज सप्ताह’ सुरु भएको छ । जेसीज सप्ताहको बुधबार एक कार्यक्रमका बिच काँग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फख्रुद्धिन खाँनले उद्घाटन गर्नुभयो । जेसीज सप्ताहको उद्घाटन गर्दै उहाँले मुलुकको राजनीतिसंग युवाहरुको भविश्य जोडिएकोले राजनीतिलाई सहि बाटोमा हिडाउनको लागि पनि युवाहरु लाग्नुपर्ने धारणा राख्नुभयो ।
विशेष गरेर युवाहरुको प्रतिनीधित्व गर्ने जेसीजलाई त्यसको नेतृत्व गर्न समेत उहाँले आग्रह गर्नुभयो । यहि कात्तिकको १६ गतेसम्म सञ्चालन गरिने जेसीज सप्ताहमा बिशेष गरेर जेसीजले सञ्चालन गर्दै आएको ‘जेसीज बुटवल एकेडेमी’ र ‘पब्लिक स्पिकर बुटवल’का कार्यक्रम सञ्चालन गरिनेछ । बुटवल जेसीजका अध्यक्ष गोपाल चापागाईले जेसीज सप्ताहमा जेसीजका नियमित कार्यक्रम एकेडेमी र पब्लिक स्पिकर संगै अन्य कार्यक्रम समेत सञ्चालन गरिने जानकारी दिनुभयो ।
बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताह कार्यक्रम संयोजक अर्जुन गौतमका अनुसार कात्तिक १६ गतेसम्म पब्लिक स्पिकर तथा एकेडेमी सहित मास्क तथा सेनिटाईजर वितरण, जीतगढी किल्ला अध्ययन, अवलोकन तथा प्रमोसन, नेतृत्व बिकास तालिम लगायतका कार्यक्रम गरिनेछन् ।

जेसीज सप्ताहको उद्घाटन समारोहमा जेसीज इन्टरनेशनका पूर्व उपाध्यक्ष, नेपाल जेसीजका पूर्व अध्यक्ष तथा बुटवल जेसीजका पूर्व अध्यक्ष अनुपमान सैंजु, बुटवल जेसीजका पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, मधुरा पिया, काठमाण्डौ जेसीजका अध्यक्ष कैलाश श्रेष्ठ, कोहलपुर जेसीजका अध्यक्ष रामप्रसाद पाण्डे, महेन्द्रनगर जेसीजका अध्यक्ष हरिष भट्ट लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम बुटवल जेसीजका महासचिव विनोद घिमिरेको सञ्चालनमा भएको थियो ।