‘नगरपालिकाले टोकन दिएका ई–रिक्सा चलाउन पाउनुपर्छ : नभए ससक्त आन्दोलन हुन्छ’

1.3K

‘नगरपालिकाले टोकन दिएका ई–रिक्सा चलाउन पाउनुपर्छ : नभए ससक्त आन्दोलन हुन्छ’

बुटवल उपमहानगरपालिकाले टोकन दिएका ई–रिक्सा चलाउन पाउनु पर्ने ई–रिक्सा स्वरोजगार मजदुहरुले माग गरेका छन् । होईन भने ससक्त आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । नगरपालिकाले कार्यविधि बनाएर १ हजार १८ ई–रिक्सा सञ्चालन गर्न दिनेगरी निर्णय गरेको थियो ।
यद्यपी पहिले दर्ता भएका १ हजार १८ मध्ये धेरै रिक्सा छैनन् । पहिले दर्ता भएका तर बजारमा नभएकाको ठाउँमा आफ्ना नजिकका मान्छेलाई समेट्न खोजिएको भन्दै त्यसो नगर्न समेत उनीहरुले आग्रह गरे ।
नगरपालिकाले पहिले टोकन दिएकाहरुलाई समेटेर कार्यविधि बनाए धेरै समस्या नहुने स्वरोजगार ई–रिक्सा चालक तथा एमाले ई–रिक्सा शाखा कमिटि बुटवलका संयोजक समेत रहेका उदय परियारले बताउनु भयो । अहिले बुटवलमा एउटा लाईसेन्सले ४० वटा सम्म रिक्सा दर्ता भएको र नगरपालिका गम्भिर नहुने हो भने स्वरोजगार मजदुरहरु मर्कामा पर्ने उहाँ बताउनु हुन्छ ।
नेपाल ई–रिक्सा चालक संघ रुपन्देहीका अध्यक्ष लालमणी भण्डारीले नगरपालिकाले टोकन दिएकालाई चल्न दिनेगरी कार्यबिधि बनाउनु पर्ने बताउनु भयो । उहाँले नगरपालिकामा दर्ता भएका १ हजार १८ मध्ये सबै नभएको र टोकन पाएका सरदर ४ सयबाट ३ सयको आसपासमा रिक्सा आउने भएकाले बढीमा १ हजार ३ सय रिक्सा व्यबस्थापन गर्न नगरपालिकाकालाई पनि खासै समस्या नहुने बताउनु हुन्छ ।
उहाँले नगरपालिकाले एउटा लाईसन्सबाट धेरै रिक्सा सञ्चालन गर्ने भन्दा पनि एउटा लाईसन्सले एउटा रिक्सा चलाउने वातावरण बनाउन पनि माग गर्नुभयो । यसले स्वरोजगार मजदुरलाई जिविकोपार्जनमा समेत सहयोग पुग्नेछ ।
त्यस्तै स्वतन्त्र चालक यज्ञप्रसाद गैरेले ई–रिक्सा व्यवसायिक रुपमा सञ्चालन गर्न दिने हो भने स्वरोजगार मजदुर (चालक)को रोजीरोटी गुम्ने भएकाले त्यसतर्फ गम्भिर हुन नगरपालिकालाई आग्रह गर्नुभयो । उनीहरुले यदि टोकन दिएका रिक्सा चलाउन रोक लगाईन्छ भने आफूहरुले ससक्त आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।