प्रधानन्यायाधिश जवरालाई राजीनामा गर्न नेपाल बारको पाँच दिने अल्टिमेटम

1.3K

प्रधानन्यायाधिश जवरालाई राजीनामा गर्न नेपाल बारको पाँच दिने अल्टिमेटम

प्रधानन्यायधिश चोलेन्द्र समसेर चवरालाई पदबाट राजीनामा गर्न नेपाल बार एशोसिएशनले ५ दिनको अल्टीमेटम दिएको छ । कानुन व्यबसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनले प्रधानन्यायधिश जवरालाई राजीनामा गर्न दवाव दिँदै ५ दिनको अल्टीमेटम दिएको हो ।
बारको शुक्रबार बसेको बैठकले प्रधानन्यायधिश जवरालाई राजीनामा गर्न अल्टीमेटम दिँदै दवावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । आन्दोलनकै क्रममा जवराले राजीनामा गर्ने र नगरे थप आन्दोलनका ससक्त कार्यक्रम गरिने बारले जनाएको छ । यहि बिषयमा बहस हुँदा शुक्रबार दुईजना वकिल बिच हानाहान समेत भएको थियो ।