गृहमन्त्री बालकृष्ण खाँणले आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनु भएको छ । सत्ता गठबन्धनमा रहेका दलहरु आगामी आम निर्वाचनसम्म संगै रहने बताउँदै संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ बजबुद बनाउने उहाँले दावी गर्नुभयो । कार्यवाहक प्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री खाँणले आईतबार रुपन्देहीको तिलोत्तमा स्थित आफ्नो निवासमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै शान्ति र स्थायीत्व कायम गर्न संविधानको कार्यान्वयन र व्यबस्था रक्षाको लागि सरकार गम्भिर रहेको बताउनु भयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका गृहमन्त्री खाँणले संविधानलाई सबैको स्वामित्वमा कसरी स्थापित गर्ने, संविधानको मुलधारमा नआएका राजनीतिक दलहरुलाई कसरी मुल धारको राजनीतिमा ल्याउने ? त्यसको लागि सरकारले संविधानको मुलधारमा नआईसकेका बिभिन्न राजनीतिक दलहरुसंग संवादको थालनी गरिएको बताउनु भयो । उहाँले भन्नुभयो–‘हामीलाई विश्वास छ, संघीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य हुनेछ, संविधान र व्यबस्थाका प्रति सबैको स्वामित्व स्थापित हुनेछ ।’
गृहमन्त्री खाँणले वेमौषमी वर्षाका कारण आएको बाढी पहिरो तथा डुवानबाट भएको जनधनको क्षेतीको उचित व्यबस्थापन गरिने समेत बताउनु भयो । त्यस अवसरमा गृहमन्त्री खाँणले बाढी पहिरो तथा डुवान प्रभावितलाई राहतको लागि सरकारको तर्फबाट सम्बोधन समेत भईसकेको जानकारी गराउनु भयो ।

स्पेनबाट प्राप्त बुद्धमुर्ती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा अनावरण गर्ने कार्यक्रममा आउनु भएका गृमहन्त्री खाँणले यसले बुद्धको प्रतिष्ठा पनि बढ्ने र बुद्ध लुम्बिनीमा जन्मिनुभएको हो भन्ने सन्देश पनि दिने विश्वास व्यक्त गर्नुभयो ।