रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनामा मृत्यु भएका मृतकका परिवारलाई सरकारले ५ लाख ५० हजार रुपैंया राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले रुपन्देहीका मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनामा मृत्यु भएका मृतकका परिवारलाई प्रति परिवार ५ लाख रुपैंया राहत तथा ५० हजार रुपैंया किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने समुहलाई स्थानीय प्रशासनले हस्तक्षप गर्दा दोहोरो झडप भएको थियो । दोहोरो झडपमा प्रहरीले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको थियो । सुरक्षाकर्मी सहित ७३ जना घाईते भएका थिए ।
मोतिपुर औद्योगिक क्षेत्रमा भएको उक्त घटनामा मृत्यु भएका मृतकका परिवारलाई यस अगाडि प्रदेश सरकारले पनि प्रति परिवार १ लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको थियो ।