तीन प्रदेशका प्रदेश प्रमुख फेरिए

251

तीन प्रदेशका प्रदेश प्रमुख फेरिए

सरकारले प्रदेश नं. १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्री परिषद बैठकको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रदेश नं. १ मा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।
यस अगाडि राष्ट्रपति भण्डारीले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका गोविन्दबहादुर कलौनी र सुदुरपश्चिमका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्नुभएको थियो ।