एमालेको दशौं राष्ट्रिय महाधिवेशन : पाल्पामा केन्द्रीय प्रतिनीधि सर्वसम्मत चयन

1.3K

एमालेको दशौं राष्ट्रिय महाधिवेशन : पाल्पामा केन्द्रीय प्रतिनीधि सर्वसम्मत चयन

नेकपा एमालेले १० औं महाधिवेशनको लागि पाल्पामा सर्वसम्मत रुपमा केन्द्रीय महाधिवेशन प्रतिनीधि चयन गरेको छ । एमालेले १० औं महाधिवेशनको लागि पाल्पामा खुल्ला तर्फ अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापा मगर, ओमबहादुर घर्ती मगर, नविन थापा, झपेन्द्रबहादुर घर्ती क्षेत्री, राधाकृष्ण कंडेल, बिमल काफ्ले र देवीलाल लामिछानेलाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तैगरी महिला तर्फ नारायणी शर्मा, गीताकुमारी पाण्डे, कुविजा अर्याल र सरस्वती भट्टराई तथा उत्पिडित तर्फबाट ठाकुरप्रसाद लोहागुन र दीपक विश्वकर्मालाई चयन गरेको हो ।