प्रधानन्यायाधिश चोलेन्द्र समशेर जवराको राजीनामा माग गर्दै बुटवलमा पनि बारको प्रदर्शन

1.3K

प्रधानन्यायाधिश चोलेन्द्र समशेर जवराको राजीनामा माग गर्दै बुटवलमा पनि बारको प्रदर्शन

प्रधानन्यायाधिश चोलेन्द्र समशेर जवराको राजीनामा माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजसालमा कानुन व्यवसायीहरुले प्रदर्शन गरेका छन् । प्रधानन्यायाधिश जवराको राजीनामा माग गर्दै उच्च अदालत बार एशोसिएसन बुटवलले तुलसीपुर बुटवल इजसालमा बिहान साढे १० बजेदेखि १ घण्टा बिरोध प्रदर्शन गरेको हो ।
बार सम्वद्ध पदाधिकारी तथा सदस्यहरुले हातका कालो पट्टि बाँधेर कालो व्यानर सहित प्रदर्शन गरेका थिए । नेपाल बार एशोसिएसनले गरेको आन्दोलनमा ऐक्यवद्धता सहित बुटवल इजलासमा पनि प्रदर्शन गरिएको उच्च अदालत बार एशोसिएसन बुटवलका सचिव गोविन्द मरासिनीले बताउनु भयो ।
उच्च अदालत बार एशोसिएसन बुटवलले नेपाल बारको निर्णय अनुसार उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा आईतबार (आज), सोमबार र मंगलबार तीन दिन प्रदर्शन गर्नेछ । यो समयसम्म पनि प्रधानन्यायाधिश जवराले राजीनामा नगरे नेपाल बारले गर्ने निर्णय अनुसार थप आन्दोलनका कार्यक्रम गरिने उहाँले बताउनु भयो ।
न्यायपालिकाका प्रमुख जवराले कार्यपालिकामा समेत भाग खोजेपछि अहिले समग्र न्यायकर्मीहरु प्रधानन्यायधिश जवराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका छन् । न्यायालयमा भएको विकृति विसंगति बिरुद्ध आफूहरु आन्दोलनमा उत्रिएकाले आन्दोलनले दीर्घकालिन महत्व राख्ने र तत्काल सेवाग्रहीमा असुविधा भएपनि न्यायक्षत्रको सुधारको लागि भएकाले त्यसमा अन्यथा नलिन उच्च अदालत बार एशोसिएसन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले सेवाग्रहीलाई आग्रह गर्नुभयो । उहाँले न्यायाधिश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन हुवहु कार्यान्वयनको लागि पनि माग गर्नुभयो ।