रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा क्लवको लोगो डिष्ट्रिव्यूसन

250

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा क्लवको लोगो डिष्ट्रिव्यूसन

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले क्लवको लोगो डिष्ट्रिव्यूसन गरेको छ । शनिबार बुटवलको रोज पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि अध्यक्ष विष्णुप्रसाद चापागाईले क्लवको लोगो डिष्ट्रिव्यूसन गर्नुभएको हो ।
क्लवको ईतिहास र परिचय झल्किने गरि तयार गरिने लोगो डिष्ट्रिव्यूसनको लागि भगिनी क्लव रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीले संयोजनको जिम्मेवारी लिएको थियो । सोही अनुसार तयार भएको लोगो क्लवका पदाधिकारी, सदस्यहरु तथा रोट्रयाक्टका पदाधिकारी सदस्यहरुलाई वितरण गरिएको हो ।
क्लवको ईतिहास र परिचय दिनेगरी तयार गरिएको लोगो क्लवका पदाधिकारी सदस्यहरु आफ्नो सवारी साधानमा टास्ने गर्दछन् । यसले जहाँ गएपछि रोटरीको सदस्य भएको परिचय गराउने र रोटरीयन बिच अझ बढी सद्भाव बृद्धि गर्ने अध्यक्ष चापागाईले बताउनु भयो ।