काँग्रेसकाे १४ औं महाधिवेशन : तयारीकाे लागि मुल समिति गठन

260

काँग्रेसकाे १४ औं महाधिवेशन : तयारीकाे लागि मुल समिति गठन

नेपाली काँग्रेसकाे १४ औं महाधिवेशन तयारीकाे लागि मुल समिति गठन गरिएकाे छ । आईतबास पार्टी सभापति शेरबहादुर देउवाकाे निवासमा बसेकाे केन्द्रीय समिति बैठकले महाधिवेशन तयारी समिति गठन गरेकाे हाे ।
आगामी मंसिर २४-२६ मा काठमाण्डाैमा हुने महाधिवेशनकाे लागि सभापति देउवाकाे नेतृत्वमा मुल तयारी समिती गठन गरिएकाे हाे । उक्त समितिमा पार्टीका केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेताहरु रहने छन् ।
त्यस्तै प्रदेश अधिवेशनकाे लागि सातवटै प्रदेशमा संयाेजक ताेकिएकाे छ । बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटाैला, २ मा रमेश रिजाल, वागमतिमा प्रकाशमान सिंह, गण्डकीमा गाेपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदुरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडुलाई संयाेजककाे जिम्मेवारी दिएकाे छ ।
त्यस्तै महाधिवेशनकाे लागि अर्थ संकलनको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्की, भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागतकाे लागि प्रकाशशरण महत, मञ्च व्यवस्थापनका लागि काठमाडौं जिल्ला सभापतिलाई संयाेजकको जिम्मेवारी दिईएकाे छ । त्यस्तै प्रचारप्रसारकाे जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइएको छ ।