नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भोली सोमबार क्षेत्रीय अधिवेशन हुँदैछ । महाधिवेशन अन्तरगत निर्धारित कार्यतालिका अनुसार वडा, पालिका हुँदै क्षेत्र अन्तरगतका प्रदेश क्षेत्रीय अधिवेशन सम्पन्न भईसकेको छ ।
महाधिवेशन कार्यतालिका अनुसार भोली सोमबार क्षेत्रीय अधिवेशन हुन लागेको हो । सोही अनुसार ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्रीय अधिवेशनका लागि निर्वाचन केन्द्र तथा प्रमुख निर्वाचन अधिकृत तोकिसकिएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार रुपन्देहीको क्षेत्र नं. १ को खड्ग माध्यमिक बिद्यालय देवदहमा कन्द्र तोकिएको छ भने त्यहा डा. ओमप्रकाश अर्याललाई प्रमुख मतदान अधिकृत खटाईएको छ । त्यस्तै क्षेत्र नं. २ को लागि बुटवल–५ बालमन्दिरमा केन्द्र तोकिएको छ भने त्यहा टिकाराम शर्मालाई प्रमुख मतदान अधिकृत खटाईएको छ ।
क्षेत्र नं. ३ को पार्टी कार्यालय भैरहवामा केन्द्र र जीवनारायण अधिकारीलाई प्रमुख मतदान अधिकृत, क्षेत्र नं. ४ मा मर्चवार आदर्श माध्यममिक बिद्यालयमा केन्द्र र अब्दुल रहमान खाँनलाई प्रमुख मतदान अधिकृत तथा क्षेत्र नं. ५ मा सिद्ध लुम्बिनी ईङ्लिस बोडिङ् स्कुलमा मतदान केन्द्र तोकिएको छ भने त्यहा नुरजंग केसीलाई प्रमुख मतदान अधिकृत तोकिएको उहाँले बताउनु भयो ।
प्रतिनीधि समाका ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा केन्द्रमा जस्तै दुई लाईन संघर्ष देखिएको छ । प्रदेश क्षेत्रीय अधिवेशनमा समेत दुई लाईन संर्घष भएको काँग्रेसको त्यो भन्दा माथिल्लो तह क्षेत्रीय समितिमा पनि दुई लाईन संघर्ष देखिएको हो ।
रुपन्देहीको क्षेत्र नं. १ मा संस्थापन समुहबाट हिरा केसी र ईतर समुहबाट विश्वनाथ यादव, क्षेत्र नं. २ मा ईतर समुहबाट हरि लम्साल र संस्थापन समुहबाट काजिमान श्रेष्ठ, क्षेत्र नं. ३ मा संस्थापन समुहबाट सुशिल गुरुङ र ईतर समुहबाट मातृका यादव, क्षेत्र नं. ४ मा संस्थापन समुहबाट विनोद श्रीवास्तव र ईतर समुहबाट मुकेश यादव तथा क्षेत्र नं. ५ मा नेता भरत शाहको टिमबाट वसिउल्लाह मुसलमानको नाम टुंगो लगाएको भने नेता शाहसंग असन्तुष्ट भएकाहरुले उम्मेदवारको तयारी गरेपनि नाम टुंगो लगाउन सकेको छैन ।