घाईते पन्तलाई भेटेर गृहमन्त्री खाँणले भने–स्वास्थ्य लाभको कामना

1.3K

घाईते पन्तलाई भेटेर गृहमन्त्री खाँणले भने–स्वास्थ्य लाभको कामना

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसको दुई समुह बिचको विवादका कारण आक्रमणमा परि घाईते भएका शैलेश पन्तलाई अस्पतालमा गएर भेट गर्नुभएको छ ।
आईतबार गृहजिल्ला रुपन्देही आएका काँग्रेस केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाँणले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत घाईते पन्तलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको हो । भेटका क्रममा मन्त्री खाँणले घाईते पन्तको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।
त्यस क्रममा उपचाररत पन्तले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धाको क्रममा आफू माथि आक्रमण भएको यस्तो प्रबृत्तिको अन्त्य हुने वातावरण निर्माण गरिदिन आग्रह गर्नुभएको बिरामीका आफन्तले बताए ।
गत शुक्रबार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनको मतदानको मतगणनाको क्रममा दुई पक्ष विच विवाद हुँदा पन्तमाथि हातपात भएको थियो ।