रुपन्देही क्षेत्र नं. ५ काे काँग्रेस सभापतिमा वसिउल्लाह मुसलमान निर्बिराेध

1.3K

रुपन्देही क्षेत्र नं. ५ काे काँग्रेस सभापतिमा वसिउल्लाह मुसलमान निर्बिराेध

नेपाली काँग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीकाे क्षेत्र नं. ५ काे क्षेत्रीय अधिवेशन निर्बिराेध भएकाे छ । साेमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नं. ५ काे सभापतिमा वसिउल्लाह मुसलमान निर्बिराेध निर्वाचित हुनु भएकाे हाे ।
क्षेत्रीय अधिवेशनबाट सचिवमा अशाेककुमार गाेश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्बिराेध निर्वाचित हुनु भएकाे प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताउनु भयाे ।
त्यस्तैगरि रुपन्देहीकाे क्षेत्र नं. ५ मा महाधिवेशन प्रतिनीधि र क्षेत्रीय सदस्य समेत सर्वसम्मत रुपमा चयन भएकाे छ ।
५ निर्वाचन क्षेत्र रहेकाे रुपन्देहीका अरु ४ क्षेत्रमा भने मतदानकाे काम अगाडि बढेकाे छ ।