काँग्रेस महाधिवेशन : पाल्पामा देउवा समुह क्लिन स्वीप, दुबै क्षेत्रमा पौडेल समुह विजयी

1.3K

काँग्रेस महाधिवेशन : पाल्पामा देउवा समुह क्लिन स्वीप, दुबै क्षेत्रमा पौडेल समुह विजयी

पाल्पामा नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको क्षेत्रीय अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समुह क्लिन स्वीप भएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुैबै निर्वाचन क्षेत्रमा देउवा समुह क्लिन स्वीप भएको हो ।
पाल्पाको क्षेत्र नं. १ मा पौडेल समुहको नेतृत्व गरेका झमन मगरको प्यानल विजयी भएको छ । सभापतिमा विजयी मगरले ४८८ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी देउवा समुहबाट सभापतिका उम्मेदवार विष्णु बम्रेलले १०२ मत प्राप्त गर्नुभएको थियो । महाधिवेशन प्रतिनीधिमा पनि पौडेल समुहका उम्मेदवार विजयी भएका छन् ।
त्यस्तै क्षेत्र नं. २ मा पौडेल समुहका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी हुनुभएको हो भने महाधिवेश प्रतिनीधिमा पनि सोही समुहका उम्मेदवार विजयी भएका छन् ।
विजयी जिसीले ४६० मत प्राप्त गर्दा देउवा समुहबाट प्रतिस्पर्धा गरेका यादवसिंह कार्कीले २१४ मत प्राप्त गर्नुभएको छ ।