नेपाली काँग्रेसकाे १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं. २ काे क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी हुनुभएकाे छ । मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीकाे संस्थापन ईतर समुहका लम्साल विजयी हुनुभएकाे हाे ।
सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गर्नु भएकाे प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताउनु भयाे ।
त्यस्तैगरि सचिव पदमा श्रेष्ठ समुहका उम्मेद्वार प्रजापाल गिरी र लम्साल समुहबाट बिमलराज भट्टराई निर्वाचित हुनुभएकाे छ । सचिवमा निर्वाचित श्रेष्ठ समुहका गिरीले ४२९ मत र लम्साल समुहबाट निर्वाचित भट्टराईले ३६८ मत प्राप्त गर्नुभएकाे छ ।
सहसचिव पदमा लम्साल समुहका मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मत सहित विजयी हुनुभएकाे छ ।
महाधिवेशन प्रतिनिधीमा पनि मिश्रित परिणाम आएकाे छ ।