पाल्पा–गुल्मी सडक १५ दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ । पाल्पाको तानसेन–रिडि सडकमा पर्ने जोर्ते भिर आसपासको क्षेत्रमा बाटो फराकिलो बनाउने ठेक्काको काम सञ्चालन भएकोले बुधबारदेखि १५ दिनसम्म निश्चित समयको लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाका अनुसार प्रहरी, एम्बुलेन्स लगायतका अत्यावश्यक बाहेक मंसिर ८ देखि मंसिर २२ सम्म निर्धारित समयमा आवतजावत बन्द हुनेछ ।
सडक डिभिजन कार्यालयले आजदेखि २२ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र राती ९ बजेदेखि बिहान ४ बजेसम्म प्रहरी र एम्बुलेन्स बाहेकका सवारी साधन बन्दगरि काम गर्ने अनुमति दिएको हो । उक्त काममा सहयोग गर्नको लागि पनि कार्यालयले आग्रह गरेको छ ।