कतिपय वडादेखि क्षेत्रसम्म दुई समुहमा प्रतिस्पर्धा भएकाे नेपाली काँग्रेस रुपन्देहीमा जिल्लाकाे नेतृत्व भने सर्वसम्मत गराउने विषयमा सहमति जुटेकाे छ । पार्टीकाे १४ औं महाधिवेशनकाे तालिका अनुसार शुक्रबार (भाेली) जिल्ला अधिवेशन हुदैछ ।
त्यसकाे पूर्वशन्ध्यामा बिहिबार नेताहरु बसेर सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा सहमति गरेका हुन् । पार्टीका नेताहरु गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरतकुमार शाह, प्रतिनिधि सभा सदस्य समेत रहेका नेता प्रमाेद यादव, जिल्ला सभापति अव्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल लगायत बसेर जिल्लामा सहमतिकाे आधारमा नेतृत्व चयन गर्ने विषयमा सहमति गरेका हुन् ।