एमालेको लागि होईन, देशको लागि पार्टीलाई बहुमत चाहिएको छ : अध्यक्ष ओली

1.3K

एमालेको लागि होईन, देशको लागि पार्टीलाई बहुमत चाहिएको छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले पार्टीको लागि भन्दा पनि देशको लागि एमालेलाई बहुमत चाहिएको बताउनु भएको छ ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै आगामी निर्वाचनमा एमालेलाई एकल बहुमतको जरुरी रहेको बताउनु भएको हो ।
उहाँले पार्टीले एकल बहुमत ल्याउने गरी काम गर्न पनि नेता कार्यकतालाई आग्रह गर्नुभयो । ‘एमालेलाई बहुमत हैन, देशका लागि बहुमत चाहिएको हो ।’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भन्नुभयो–‘लोकतन्त्रको रक्षा, संविधानको रक्षाका लागि नेकपा एमालले बहुमत ल्याउनुपर्छ, विकासको लहर ल्याउनका लागि बहुमत चाहिएको हो ।’ उहाँले संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याउन पनि एमालेलाई बहुमत चाहिएको बताउनु भयो ।
हिलो आफू प्रधानमन्त्री हुँदा काम गर्न नदिनेहरु आज प्रधानमन्त्री शेरबहादुर देउवासंग रहेको बताउँदै उहाँले प्रधानमन्त्रीलाई काम गर्न अफ्ठ्यारो भईरहेको दावी गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो–‘प्रधानमन्त्रीलाई गाह्रो छ, हिजो मेरा खुट्टा तान्नेहरू आज उहाँका खुट्टा समातिराख्या छन् ।’