एमाले महाधिवेशन : आकांक्षी धेरै भएपछि पदाधिकारि थपियाे, खारेज भएकाे पाेलिटव्यूराे पनि व्यूतीयाे

1.3K

एमाले महाधिवेशन : आकांक्षी धेरै भएपछि पदाधिकारि थपियाे, खारेज भएकाे पाेलिटव्यूराे पनि व्यूतीयाे

पदाधिकारिमै आकांक्षी धेरै भएपछि नेकपा एमालेले पदाधिकारिकाे संख्या बढाएकाे छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा रहेकाे एमालेले विधान महाधिवेशनले खारेज गरेकाे पाेलिटव्यूराे समेत व्यूताएकाे छ । केन्द्रीय कमिटिकाे समेत आकार बढेकाे छ ।
एमालेले गएकाे असाेज तेस्राे साता विधान महाधिवेशन गरेर अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव गरि १५ सदस्यीय पदाधिकारी बनाएकाे थियाे भने पाेलिटव्यूराे पनि खारेज गरेकाे थियाे । तर दशाैं राष्ट्रिय महाधिवेशनकाे उद्घाटन पछि बसेकाे केन्द्रीय समितिकाे बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव थपेर पदाधिकारीकाे संख्या १९ पुर्याईएकाे छ भने ४५ सद्सयीय स्थायी कमिटिलाई यथावत राखिएकाे छ । खारेज गरिएकाे पाेलिटव्यूराेलाई व्यूत्याएर ९९ सदस्यीय बनाउने, २२५ सदस्यीय केन्द्रीय कमिटिलाई ३०१ बनाउने अध्यक्ष केपि ओलीकाे प्रस्ताव बैठकले अनुमाेदन गरेकाे हाे । एउटै पदमा दुई पटकभन्दा बढी उम्मेद्वारी दिन नपाईने व्यवस्था समेत हटाईएकाे छ ।
पदाधिकारीमा आफू निकट नेताहरुनै दुई समुहमा विभाजित भएपछि अध्यक्ष ओलीलाई दुई महिनामै विधान संशाेधनकाे दवाव बढेकाे हाे ।