सजिलाे सहकारीले कार्यक्षेत्र विस्तार गरि रुपन्देही जिल्ला स्तरीय बनाउने

538

सजिलाे सहकारीले कार्यक्षेत्र विस्तार गरि रुपन्देही जिल्ला स्तरीय बनाउने

बुटवलमा रहेकाे सजिलाे बचत तथा ऋण सहकारी संस्थाले सहकारीकाे कार्यक्षत्र विस्तार गर्ने भएकाे छ । संस्थाकाे शनिबार सम्पन्न तेराैं वार्षिक साधारण सभाले बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेकाे उक्त सहकारीकाे कार्यक्षेत्र बिस्तारगरी रुपन्देही बनाउने प्रस्ताव पारित गरेकाे हाे । त्यसमा आवश्यक निर्णय लिनकाे लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेकाे छ ।
शेयर सदस्य बृद्धिकाे कार्यक्रमलाई यथावत राख्दै एकैप्रकृतिकाे मन मिल्ने सहकारीसंग मर्जरकाे प्रस्ताव पारित गरिएकाे छ । त्यस सम्वन्धि निर्णय लिनकाे लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिईएकाे छ ।
साधारण सभाले बुटवल १७ मा रहेकाे संस्थाकाे जग्गाकाे क्षेत्रफल थाेरै भएकाेले त्यसलाई बिक्रि गरी उपयुक्त जग्गा खरिद गर्ने, शेयर सदस्यलाई सीपमुलक लगायतका तालिम सञ्चालन गर्ने, धिताे कर्जाकाे रकम बढाउने, शेयर सदस्यकाे छाेराछाेरीकाे नाममा बालवचत गर्ने लगायतका प्रस्ताव पारित भएकाे छ ।
साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रामराज पाेख्रेलले सञ्चालक समितिबाट कहिकतै कमिकमजाेरी भए रचनात्मक सुझाव दिन आग्रह गर्नुभयाे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालले सहकारी सम्वन्धि नीति नियम तथा ऐन कानुनकाे बारेमा जानकारी गराउनु भएकाे थियाे ।
कार्यक्रममा संस्थाका सल्लाहकार गाेविन्द मरासिनी, शेयर सदस्य बिक्रम खड्का, गणेशचन्द्र पाेखरेल, गाेमा ढुंगाना लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
साधारण सभामा अध्यक्ष रामराज पाेख्रेलले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन, काेषाध्यक्ष अनिलराज शाक्यले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयाेजक विनशलाल श्रेष्ठले प्रस्तुत गरेकाे लेखा प्रतिवेदन पारित भएकाे छ । कार्यक्रम उपाध्यक्ष विश्ववन्धु विनयीकाे स्वागत र सचिव गुणनिधी खनालकाे सञ्चालनमा भएकाे थियाे ।