करेन्ट लागेर बुटवलमा एक मजदुरको ज्यान गएको छ । आईतबार बुटवल उपमहानगरपालिकाको नयाँ बन्दै गरेको भवनमा विद्युतीकरणको काम गर्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो ।
नगरपालिकाको नयाँ निर्माणाधिन भवनमा विद्युतीकरणको काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४३ वर्षीय बसन्त भुसालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताउनु भयो ।
करेन्ट लागेर घाईते भएका भुसालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । घटना दिउँसो करिव १ बजेको समयमा भएको थियो । उक्त घटनामा परि अन्य दुई जना घाईते भएका छन् ।
नयाँ भवनमा विद्युतीकरणको लागि पोल सार्ने क्रममा करेन्ट लागेर रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिकाका २८ वर्षीय राजगोपाल चौधरी घाइते भएको र उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको उहाँले बताउनु भयो ।