लुम्बिनीमा काँग्रेसकाे नेतृत्व लिन रुपन्देहीका शाह र राेल्पाका पुन भिड्दै

520

लुम्बिनीमा काँग्रेसकाे नेतृत्व लिन रुपन्देहीका शाह र राेल्पाका पुन भिड्दै


नेपाली काँग्रेसकाे १४ औं महाधिवेशनबाट लुम्बिनी प्रदेशकाे नेतृत्व लिन दुई समूह प्रतिस्पर्धामा देखिएका छन् । पार्टीकाे १४ औं महाधिवेशन अन्तरगत प्रदेश संरचना अनुसार प्रदेशकाे पहिलाे अधिवेशन मार्फत नेतृत्व लिनकाे लागि सभापति शेरबहादुर देउवा समूह र देउवा ईतर समुहले छुट्टाछुट्टै टिम बनाएर प्रचार गरेका छन् ।
प्रदेश सभापति पदमा देउवा समुहबाट सार्वजनिक लेखा समितिका सभापति समेत रहेका रुपन्देहीका भरतकुमार शाहलाई अगाडि सारिएकाे छ भने देउवा ईतर समुहबाट पूर्वराज्यमन्त्री राेल्पाका  अमरसिंह पुनलाई अगाडि सारिएकाे छ ।
देउवा समुहका शाहकाे टिममा उपसभापतिमा दाङका राजु खनाल र कपिलबस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, रुपन्देहीकी शरिता चाैधरी र बाँकेकी माया पुनलाई अगाडि सारिएकाे छ ।
त्यस्तै देउवा ईतर पुनकाे टिममा उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठक, महामन्त्रीमा नवलपरासी पश्चिमका बिक्रम खनाल र कपिलबस्तुका सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका बिष्णु मुस्कान र प्युठानकी निमा गिरीकाे नाम अगाडि सारिएकाे छ । ले उम्मेदवारी घोषणा गरेका छन् ।
निर्वाचन तालिका अनुसार आज उम्मेद्वारकाे मनाेनयन दर्ता र भाेली शनिबार मतदानकाे कार्यक्रम छ । प्रदेश सभा क्षत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनकाे नतिजा अनुसार सभापति देउवा ईतर समुह उत्साहित देखिएकाे छ । महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत गरि १ हजार ५८५ मतदाता छन् ।