संविधान मासेर राजतन्त्र फर्काउने खेल सुरु भयाे : माओवादी प्रवक्ता महरा

1.3K

संविधान मासेर राजतन्त्र फर्काउने खेल सुरु भयाे : माओवादी प्रवक्ता महरा


नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन तोड्न देशी विदेशी शक्ति लागिपरेको बताउनु भएकाे छ । माओवादी केन्द्र सिद्धार्थनगर रुपन्देहीका अधिवेशन उद्घाटन गर्दै नेता महराले तर कुन कुन देशी बिदेशी शक्ति लागेकाे भन्ने खुलाउनु भएन ।
संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोडेर राजतन्त्र फर्काउन खाेजिएकाे उहाले बताउनु भयाे । प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा उनीहरु सक्रिय रहेकाे उहाँकाे भनाई छ ।
नेकपा एमाले अध्यक्ष केपी ओलीले संविधान मासेर उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेको आरोप लगाउँदै ५ दलीय गठबन्धन त्यस्ताे हुन नदिने जिकिर गर्नुभयाे ।
उहाँले बाबुराम भट्टराई, विप्लव लगायतका माओवादी शक्तिहरु एक हुनु पर्ने बताउंदै नेताहरुसँग छलफल भइरहेको पनि उल्लेख गर्नुभयाे ।