नेपाली काँग्रेस गण्डकीमा देउवा ईतरका उम्मेदवार सुक्रराज शर्मा विजयी

382

नेपाली काँग्रेस गण्डकीमा देउवा ईतरका उम्मेदवार सुक्रराज शर्मा विजयी

पहिलो प्रदेश अधिवेशनबाट गण्डकी प्रदेशको सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा ईतर समुहका उम्मेदवार सुक्रराज शर्मा विजयी हुनु भएको छ । सभापति देउवा समुहका उम्मेदवार पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका शर्मा ७५ मत अन्तरले विजयी हुनु भएको हो ।
गण्डकीमा १ हजार १६५ मत मध्ये १ हजार १४६ मत खसेको थियो । त्यसमध्ये प्रदेश सभापतिमा निर्वाचित शर्माले ५८५ र अर्का उम्मेदवार जोशीले ५१० मत प्राप्त गर्नुभएको थियो । पदाधिकारीमा भने मिश्रित नतिजा आएको छ ।
उपसभापतिमा शर्मा प्यानलका स्याङ्जाकी कल्पना तिवारी र जोशी प्यानलका मेखलाल श्रेष्ठ निर्वाचित हुनु भएको छ । तिवारी वालिङ् नगरपालिकाका उपमेयर र श्रेष्ठ गण्डकी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री हुन् । त्यस्तै महामन्त्रीमा शर्मा प्यानलका गोरखाका किरणबाबु श्रेष्ठ र जोशी प्यानलबाट गण्डकीका भौतिक पूर्वाधार मन्त्री समेत रहेका कुमार खड्का तथा सहमहामन्त्रीमा लमजुङका रमेशकुमार पाण्डे, पर्वतका रामचन्द्र जोशी र महिला सहमहामन्त्रीमा कास्कीकी कोपिला रानाभाट विजयी भएका छन् । सहमहामन्त्रीमा विजयी तीनैजना शर्मा प्यानलका हुन् ।