राप्रपा अध्यक्षमा युवा नेता लिङ्देन विजयी

392

राप्रपा अध्यक्षमा युवा नेता लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । शनिबार भएको मतदानमा कमल थापालाई २२७ मत अन्तरले पराजित गर्दै लिङ्देन विजयी हुनु भएको हो ।
पार्टीको अध्यक्षमा निर्वाचित लिङ्देनले १ हजार ८४४ मत प्राप्त गर्नुभएको थियो भने कमल थापाले १ हजार ६१७ मत प्राप्त गर्नुभएको थियो । राप्रपामा नयाँ नेतृत्व चयनको लागि शनिबार मतदान भएको थियो भने राती भएको गणनापछि आईतबार बिहान मतपरिणाम प्राप्त भएको हो ।