पूर्वराज्यमन्त्री रज्जाकद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

244

पूर्वराज्यमन्त्री रज्जाकद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका निवर्तमान सभापति अब्दुल रज्जाकले पार्टीको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा मुस्लिम कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको उहाँले बताउनु भयो ।
पूर्व राज्यमन्त्री समेत रहेका रज्जाक नेपाली काँग्रेस रुपन्देहीमा दुई कार्यकाल सभापति भईसक्नु भएको छ । सभापति शेरबहादुर देउवा समुहमा रहेका रज्जाकले आगामी निर्वाचनमा तीनै तहमा काँग्रेसलाई बहुमतका साथ विजयी बनाउन र पार्टीमा पुस्तान्तरणमा सहजिकरण गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।