नेकपा (एकिकृत समाजवादी) पार्टी रुपन्देहीमा पार्टीको कार्यालय उद्घाटन र कार्यकर्ता प्रशिक्षणको तयारी गरिएको छ । यहि मंसिर २५ गते बुटवलको सुख्खानगरमा पार्टी कार्यालय उद्घाटन गर्नुको साथै कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेकपा (एकिकृत समाजवादी) रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताउनु भयो ।
पार्टी कार्यालय उद्घाटन तथा कार्यकर्ता प्रशिक्षणको लागि पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आउनुहुने कार्यक्रम तय भएको छ । पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कार्यालय उद्घाटन गर्ने र कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष गुरुङले बताउनु भयो ।