माओवादीले प्रदेशमा पदाधिकारीको संख्या बढायो

225

माओवादीले प्रदेशमा पदाधिकारीको संख्या बढायो

नेकपा माओवादी केन्द्रले प्रदेश समितिमा पदाधिकारीको संख्या बढाएको छ । माओवादी केन्द्रको बिहिबार बसेको स्थायी कमिटि बैठकले प्रदेशमा पदाधिकारीको संख्या बढाउने निर्णय गर्दै ७ बाटा ९ पु¥याएको हो ।
अब नेकपा माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहनेछन् । त्यस्तैगरी प्रदेश समितिको आकार समेत बढाईएको छ । बैठकले पार्टीमा महिला विभाग बनाउनुको साथै त्यसको नेतृत्व नेतृ पम्फा भुसाललाई दिएको छ ।