छाडा चाैयायका कारण कपिलवस्तुका किसान मर्कामा

1.3K

छाडा चाैयायका कारण कपिलवस्तुका किसान मर्कामा

बसन्ता भुुसाल /

छाडा पशुचौपायाको संरक्षण नगर्दा कपिलवस्तुका किसानहरु मर्कामा परेका छन् । किसानले लगाएको खेति खाईदिने र कुचिदिने गरेपछि किसानहरु मर्कामा परेका हुन ।
छाडा पशु चौपायहरु रातिमा आउने र आफुहरुले लगाएको बालीमा क्षेती पुराए पछि दु:ख लागेको वाणगंगा नगरपालिका वडा नंम्बर ८ धनेशपुरका कृषक दधिराम बस्नेतले बताउनुभयो । छाडा चौपायाले रातको समयमा आलु, तोरी, लगायतका अन्य तरकारी बालीमा क्षति पुर्याउने गरेको उहाँको भनाई छ । निरास हुँदै उहाँले भन्नुभयो”बल्लतल्ल खनजोत गरेर आलु लगाए रातभर गाईगोरु आएर खाने कुच्ने गरेपछि चिन्ता लाग्यो ” ।

हिउँदमा आलु, तरकारी गहुँ, मसुरो, तोरी तथा बर्षादमा लगाएको धान, मकै क्षति गरेको किसानको भनाई छ । समूहमा आउने छाडा चौपायाले बालीनाली खाने, कुच्ने, भाँच्ने गरेका छन् ।

यो समस्या यस बर्षको मात्रै होइन २ बर्षदेखि नै भोग्दै आएको किसानहरुको गुनासो छ ।

दैनिक २०/२५ वटा छाडा चौपायाले रातको समयमा आएर किसानले लगाएको तरकारी र अन्न बाली नष्ट गर्ने गरेको सोही स्थानमा बसोबास गर्ने खिमराज भट्टराईको दुखेसो छ ।

दिनभरी गाई वस्तु त्यति नदेखिने भए पनि रातको समयमा जागाराम बसेर खेतबारी हेर्नुपर्ने किसानको भनाई छ । रातिको समयमा ५÷६ पटक उठेर छाडा पशु धपाउनु पर्ने समस्या रहेको खिरु हमाल उचइ ले बताउनुभयो । आफूहरुले दुःख गरि लगाएको खेतिबाली भित्राउन नपाउँदै चौपायाले नष्ट पारिदिन थालेपछी कपिलवस्तुका सयौं किसान चिन्तित भएका छन् ।

छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नंम्बर ८ मधुवनधाममा गौशाला निर्माण गरि ३०/३५ वटा गाईगोरु राखिएको वडा अध्यक्ष गुणानिधी भुसालले बताउनुभयो । वडा भित्रका मात्रै गाईवस्तु व्यवस्थापन गर्न सकिने तर बाहिरबाट अनियन्त्रित आउने पशुचौपायालाई व्यवस्थापन गर्न गाह्रो हुने गरेको अध्यक्ष भुसालको भनाइ छ ।

वाणगंगाका धनेशपुर, मोतिपुर,धैरेनीडाँडा,ढोडेकोल लगायतका स्थानमा छाडा पशुचौपायाको बिगबिगी बढ्न थालेपछी कयौं किसान मारमा परेका छन् । दूध दिदासम्म पाल्ने र दूध दिन छोडेपछी लखेटिदिने प्रवृतीले पनि छाडा पशुचौपायाको संख्या बढेको हो ।