नेकपा (एस) रुपन्देहीमा शनिबार अगुवा कार्यकता भेला : अध्यक्ष नेपालले सम्बोधन गर्ने

1.3K

नेकपा (एस) रुपन्देहीमा शनिबार अगुवा कार्यकता भेला : अध्यक्ष नेपालले सम्बोधन गर्ने

नेकपा (एकिकृत समाजवादी)ले रुपन्देहीमा पहिलो पटक शनिबार अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । एमालेबाट विभाजित भएपछि गठित उक्त पार्टीले जिल्लामा आयोजना गरेको पहिलो अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नको लागि पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आउनु हुने कार्यक्रम तय गरिएको छ ।
कार्यकर्ता भेला भन्दा अगाडि जिल्ला तथा प्रदेशको बुटवलमा कार्यालय उद्घाटन गरिने नेकपा (एकिकृत समाजवादी)का रुपन्देही अध्यक्ष तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी गराउनु भयो ।
कार्यक्रमको बारेमा जानकारी गराउन शुक्रबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शनिबार विहान ११ बजे बुटववल ८ सुख्खानगर स्थित लुम्बिनी प्रदेश र रुपन्देही पार्टी कार्यालय उद्घाटन गर्ने र त्यसलत्तै योगिकुटी स्थित होटल पौवामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिने जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले केपि ओलीको स्वेच्छाचारी र निरकुंश कार्यशैलीका कारण विद्रोह गरेर पार्टी पुर्नगठन गर्नुपरेको बताउँदै एमालेलाई केपि शर्मा ओलीले नारायणी नदि किनारमा सतिगति गरेको कटाक्ष गर्नुभयो ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष गुरुङले डिलमा पुगेको कम्यूनिष्ट आन्दोलन र संविधान ओलीकै कारण सकिने अवस्थामा पुगेकाले त्यसलाई बचाउनका लागि दर्ताका हिसाबले नयाँ पार्टी गठन गरेर अघि बढेको दावी गर्नुभयो ।
उहाँले लुम्बिनी प्रदेशमा बलियो देखिएको रुपन्देही क्षेत्र नं. २ मा आफूहरुले जित्न दावी गर्दै रुपन्देहीमा एमालेमा छाडेका करिव ३ हजार ५ सय जनालाई पार्टी सदस्यता दिईएको र उक्त संख्या ८ हजार पुग्ने दावी गर्नुभयो । त्यसबाहेक रुपन्देहीमा अरु ८ हजार पार्टी सदस्यता थपेर १६ हजार पु¥याउने उहाँले बताउनु भयो ।
रुपन्देहीमा बुटवल उपमहानगर सहित ५ नगरपालिका र अधिकांश स्थानीय तहहरुमा कमिटि गठन भइसकेको केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज सिद्धिचरण भट्टराईले बताउनु भयो ।
कार्यक्रममा पार्टीका उपमहाचिव डा. विजय पौडेल, सचिव एंव लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटि अध्यक्ष मेटमणी चौधरी लगायतका नेताहरुको उपस्थिती रहने प्रचार विभाग प्रमुख सरिता श्रीसले जानकारी गराउनु भयो ।