मावन अधिकार संरक्षण र प्रवद्र्धनको लागि दीप प्रज्वलन, हस्ताक्षर संकलन

1.3K

मावन अधिकार संरक्षण र प्रवद्र्धनको लागि दीप प्रज्वलन, हस्ताक्षर संकलन

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुटवलमा मावन अधिकार प्रवद्र्धनको लागि दीप प्रज्वलन गर्नुको साथै हस्ताक्षर संकलन गरिएको छ ।
मावन अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय स्तरको संस्था एम्नेष्टि इन्टरनेशनल नेपाल समुह–१२ बुटवल, प्रस्तावित बुटवल महिला समुह र इनरह्वील क्लव अफ मिडटाउन बुटवलले संयुक्त रुपमा शुक्रबार बुटवलमा दीप प्रज्वलन गर्नुको साथै मानव अधिकार प्रवद्धनको लागि हस्ताक्षर संकलन गरिएको हो ।

मावनता प्रवद्र्धनको लागि एम्नेष्टि इन्टरनेशलन नेपालले प्रत्येक वर्ष ‘राईट फर राईट्स’ अभियान सञ्चालन गर्दै आएको छ । एम्नेष्टिले सञ्चालन गरेको एक महिने लेटर राईटिङ् म्याथुन (राईट फर राईट्स अभियान) अन्तरगत उक्त हस्ताक्षर संकलन गरिएको एम्नेष्टि इन्टरनेशलन नेपाल समुह १२ बुटवलका संयोजक कबिन्द्र नेपालले बताउनु भयो ।
त्यस अवसरमा बोल्दै समुहका सल्लाहकार तथा एम्नेष्टि नेपालका पूर्व महासचिव करुण खनालले एम्नेष्टिले सञ्चालन गरेको मानव अधिकार प्रवद्र्धनका कारण धेरै मानव अधिकार उल्लंघनका घटनाका पिडितले न्याय प्राप्त गर्न सकेको समेत बताउनु भयो ।
एम्नेष्टिको अन्तर्राष्ट्रिय स्तरमा लभिङ र दवावका कार्यक्रम हुने भएकाले जुन देशमा घटना भएको छ, त्यस देशको सरकारलाई अन्तर्राष्ट्रिय दवाव सिर्जना गर्ने गर्दछ । त्यसकै लागि एम्नेष्टिले यो अभियान सञ्चालन गरेको हो ।

त्यस अवसरमा बोल्दै इनरह्वील क्लव अफ मिटटाउन बुटवलकी सरला भण्डारीले मानव अधिकारको रक्षा र प्रवद्र्धनमा काम गरेको अन्तर्राष्ट्रिय स्तरको संस्थासंग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्ने दायित्व सम्बन्धित संघसंस्था संगसंगै हरेक व्यक्तिको समेत दायित्व भएको बताउँदै त्यसले आफूहरुको क्लवले सहकार्य गरेको बताउनु भयो । उहाँले आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बुटवलको अस्पताल लाईन पुष्पलाल पार्कमा गरिएको कार्यक्रममा एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवल, प्रस्तावित बुटवल महिला समुह र इनरह्वील क्वलका पदाधिकारी सदस्यहरु तथा सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।