पश्चिमाञ्चल यातायात व्यवसायी समितिकाे अध्यक्षमा पुन: पाण्डे

1.3K

पश्चिमाञ्चल यातायात व्यवसायी समितिकाे अध्यक्षमा पुन: पाण्डे


पश्चिमाञ्चल यातायात व्यवसायी समितिकाे अध्यक्षमा पुन: यमप्रसाद पाण्डे विजयी हुनु भएकाे छ । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षका अर्का उम्मेद्वार टिकाराम गाैतमलाई ६१ मतले हराउंदै माैजुदा समितिका अध्यक्ष पाण्डे पुन निर्वाचित हुनुभएकाे हाे ।
अध्यक्षमा विजयी पाण्डेले ४५८ मत र अर्का प्रतिसपर्धि गाैतमले ३९७ मत प्राप्त गर्नुभएकाे थियाे । निर्वाचनमा ८६५ मत खसेकाे थियाे । समितिकाे वरिष्ठ उपाध्यक्षमा ४७८ मत सहित प्रतापबहादुर कार्की विजयी हुनु भएकाे छ । उहाका प्रतिस्पर्धी कमल घिमिरेले ३७८ मत प्राप्त गर्नुभएकाे थियाे ।  उपाध्यक्ष तर्फ खुल्लामा ४६२ मत सहित खगराज गाैतम, रुपन्देहीमा ५०९ मत सहित गणेश घिमिरे र ४४६ मत सहित लक्ष्मण गैरे, नवलपरासीमा ५०८ मत सहित गुप्तबहादुर केसी, नवलपुरमा ४६३ मत सहित पर्शुराम भण्डारी, काठमाण्डाैमा ४३२ मत सहित रमेशकुमार फाैजदार, गुल्मी/पाल्पा/स्याङ्जामा ४६८ मत सहित कृष्ण ठकुरी, कपिलबस्तु/अर्घाखाँचीमा ४६० मत सहित चेतबहादुर थापा विजयी हुनुभएकाे छ ।
त्यस्तैगरी महासचिवमा ४६६ मत सहित हरिप्रसाद कंडेल, सचिवमा ४३० मत सहित अर्जुनकुमार भुसाल र काेषाध्यक्ष पदमा ४९८ मत सहित हरिप्रसाद रिमाल विजयी हुनुभएकाे छ ।
समितिकाे दश कार्यसमिति सदस्य पदमा अर्जुनबहादुर कुवंर, अशाेक कुवंर, उज्वल केसी, कृष्णबहादुर कंडेल, कृष्णबहादुर रानाभाट, गाेपाल लम्साल, यमबहादुर जिसी, शंकरप्रसाद लम्साल, शाेभाकान्त पाण्डे र ज्ञानेन्द्रबहादुर रेश्मी निर्वाचित हुनुभएकाे प्रमुख निर्वाचन अधिकृत महेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।