माओवादी केन्द्र लुम्बिनीमा प्रदेश कमिटि टुङ्गीयो : पदाधिकारीको लागि बैठक बस्दै

1.3K

माओवादी केन्द्र लुम्बिनीमा प्रदेश कमिटि टुङ्गीयो : पदाधिकारीको लागि बैठक बस्दै

नेकपा माओवादी केन्द्रले २२७ सदस्यीय लुम्बिनी प्रदेश कमिटि चयन गरेको छ । प्रदेश राजधानी भालुवाङमा भएको प्रदेश सम्मेलनले प्रदेश कमिटि निर्बिरोध चयन गरेपनि नेतृत्व भने टुङ्ग्याउन सकेको छैन ।
प्रदेशको नेतृत्व लिनको लागि गुल्मीका सुदर्शन बराल र दाङका हेमप्रसाद शर्मा (डायमण्ड)ले आकांक्षा देखाएका छन् । माओवादी केन्द्रले प्रदेशमा अध्यक्ष सहित तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष चयन गर्नेछ ।
प्रदेश कमिटि चयन भईसकेको र अहिले बैठक बसिरहेकाले आजै पदाधिकारी टुंगो लाग्ने नेता पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य विनाद पहाडीले बताउनु भयो । २५३ सदस्यीय प्रदेश कमिटिमा बाँकी सदस्यहरु भने प्रदेश कमिटिले मनोनयन गर्नेछ ।