सभापति बन्न ८२ मतले रोकिए देउवा : दोस्रो चरणमा देउवा र कोईरालाको प्रतिस्पर्धा

308

सभापति बन्न ८२ मतले रोकिए देउवा : दोस्रो चरणमा देउवा र कोईरालाको प्रतिस्पर्धा

नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत भएको निर्वाचनमा सभापति पदमा पुन मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले बहुमत (५१ प्रतिशत) प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो ।
नेपाली काँग्रेसको सभापति हुनको लागि कुल खसेको मतको बहुमत (५१ प्रतिशत) मत ल्याउनु पर्छ । सभापति पदका उम्मेदवारहरु शेरबहादुर देउवा, डा. शेखर कोईराला, प्रकाशमान सिंह, विमलन्द्र निधी र कल्याण गुरुङ् कसैले पनि बहमत प्राप्त नगरेपछि पुन मतदान हुने भएको हो ।
पार्टीमा नयाँ नेतृत्व चयनको लागि भएको महाधिवेशनमा कुल ४ हजार ६७९ मत खसेको थियो । त्यसअनुसार सभापतिमा निर्वाचित हुनको लागि कम्तिमा २ हजार ३४० मत आवश्यक थियो ।
तर सभापतिका उम्मेदवार देउवालाई बढी मत प्राप्त भएपनि आवश्यक मत पुगेन । सभापतिमा निर्वाचित हुनको लागि देउवालाई ८२ मत आवश्यक थियो । मतगणनाको सुरुदेखि नै अग्रता लिएका देउवाले २ हजार २५८ मत प्राप्त गर्दा अर्का उम्मेदवार डा. शेखरलाई १ हजार ७४९ मत प्राप्त भएको छ ।
तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् । अब दोस्रो चरणको मतदानमा देउवा र डा. शेखर बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको निर्वाचन आजै गर्ने तयारी गरिएको छ ।
पहिलो चरणमा देउवा बहुमत मत पाउनबाट रोकिएपछि देउवा ईतरका उम्मेदवारहरु एक ठाउँमा हुने आँकलन गरिएको छ । शेरबहादुर देउवासंग असन्तुष्ट भएर सभापतिमा चुनाव लडेका बिमलेन्द्र निधिले पहिलो चरणमा कसैले बहुमत प्राप्त नगरे देउवा इतरका उम्मेदवारहरु एक ठाउँमा हुने बताउनु भएको थियो ।