नेपाली काँग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित हुनुभएकाे छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा ९०७ मतले देउवा दाेस्राे कार्यकालकाे लागि सभापति निर्वाचित हुनुभएकाे हाे ।
दोस्रो चरणको मतदानमा सभापतिमा निर्वाचपत देउवाले २ हजार ७३३ मत पाउनु भएकाे छ । निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभयाे ।
दाेस्रे चरणकाे मतदानमा ४ हजार ६२३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन २ हजार ३११ मत आवश्यक थियाे ।
सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याए पनि बहुमत भने पुगेन ।
पहिलो चरणमा देउवालाई २ हजार २५८ र शेखरलाई १ हजार ७०२ प्राप्त भएकाे थियाे । ३७१ मत पाउँदा प्रकाशमान सिंह, २५० विमलेन्द्र निधि र २२ मत प्राप्त गरेका कल्याण गुरुङले देउवालाई समर्थन गरेपनि दाेस्राे चरणमा थप १५५ जना महाधिवेशन प्रतिनीधिले शेखरलाई मतदान गरेका छन् । दाेस्राे चरणमा शेखरकाे मत घट्ने आकलन गरिएकाे थियाे ।