एमालेका मनोनित केन्द्रीय सदस्यले लिए सपथ

1.3K

एमालेका मनोनित केन्द्रीय सदस्यले लिए सपथ

नेकपा एमालेमा मनोनित केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् । तुलाराम प्रतिष्ठान च्यासलमा बुधबार आयोजना गरिएको कार्यक्रममा अध्यक्ष केपि शर्मा ओलीले उनीहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
एमाले अध्यक्ष ओलीले खुलाबाट २०, महिलाबाट १५ र पार्टी एकताको प्रकृयाबाट आएका ९ गरि ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो । एमालेको बिधान अनुसार केन्द्रीय कमिटिको ३०१ संख्याको १० प्रतिशत मनोनित गर्ने व्यवस्था अनुसार उनीहरुलाई मनोनित गरिएको थियो ।