नेपाली काँग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

1.3K

नेपाली काँग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनु भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तरगत बिहिबार प्राप्त मत परिणाम अनुसार शेखर कोईराला समुहबाट उम्मेदवार बनेका थापा र प्रकाशमान सिंह समुहबाट उम्मेदवार बनेका शर्मा महामन्त्रीमा निर्वाचित हुनु भएको हो ।
कोईराला समुहका उम्मेदवार थापा फराकिलो मतान्तर सहित निर्वाचित हुँदा देउवा समुहका डा. प्रकाशशरण महत र प्रदिप पौडेल दुबै उम्मेदवार पराजित भएका छन् ।
महामन्त्रीमा निर्वाचित थापाले ३ हजार २३ र शर्माले २ हजार २४६ मत प्राप्त गर्दा देउवा समुहका उम्मेदवार डा. प्रकाशशरण महतलाई १ हजार ५५० र प्रदिप पौडेललाई १ हजार ४०९ मत प्राप्त भएको छ । कोईराला समुहका अर्का उम्मेदवार डा. मिनेन्द्र रिजाललाई ८०९ र विमलेन्द्र निधीका उम्मेदवार राजाराम कार्कीलाई १०७ मत प्राप्त भएको छ ।
यद्यपी निर्वाचन समितिले आधिकारिक घोषणा भने गरिसकेको छैन । नेपाली काँग्रेसको पार्टी सभापतिमा यस अगाडि नै शेरबहादुर देउवा र उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भईसकेका छन् ।