लुम्बिनीमा आगलागि : दर्जन पसल जलेर नष्ट

1.3K

लुम्बिनीमा आगलागि : दर्जन पसल जलेर नष्ट

लुम्बिनीमा आगलागि हुँदा उपहार सामाग्रिका एक दर्जन पसल जलेर नष्ट भएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा बिहिबार राती आगलागि हुँदा पर्यटक लक्षित माला, मुर्ति, ढाका लगायतका हस्तकलाका १२ पसल जलेर नष्ट भएका हुन् ।
कवाड बटुल्ने व्यक्तिले जाडोमा ताप्नको लागि बालेको आगोबाट पसलमा आगलागि भएको हो । आगलागिबाट करिव ७० लाख रुपैंया बढीको क्षेती भएको अनुमान गरिएको छ ।
आगलागि भएको १ घण्टापछि मात्रै दमकल आउँदा ठूलो क्षेती भएको हो । त्यहा १ सय बढी पसल थिए ।