माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा बराल

191

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा बराल

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराललाई चयन गरिएको छ । गत मंसिर २५ र २६ गते भएको अधिवेशनमा नेतृत्व मिलाउन नसकेपछि २१७ सदस्यीय कमिटि चयन गरिएको थियो ।
सोही कमिटिले प्रदेश अध्यक्षमा बराललाई चयन गरेको छ । यद्यपी पदाधिकारी भने चयन हुन सकेको छैन । माओवादी केन्द्रको प्रदेश कमिटिमा अध्यक्ष सहित ३ उपाध्यक्ष, १ सचिव, तीन सहसचिव र १ कोषाध्यक्ष गरि ९ पदाधिकारी रहने प्रावधान छ ।
माओवादी केन्द्रका एक नेताका अनुसार केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशका पदाधिकारी टुंगो लगाईने छ ।