तीन वर्ष अगाडि काठमाण्डौबाट सेवा सुरु गरेको ‘उपायसिटी कार्गो’ले बुटवल तथा भैरहवामा सेवा बिस्तार गरेको छ । ढुवानी तथा लजिष्टिक सेवा दिँदै आएको उपायसिटी कार्गोले काठमाण्डौ, पोखरा पछि बुटवल–भैरहवामा सेवा बिस्तार गरेको हो ।
मोवाईल एप, वेवसाईट, कलसेन्टरबाट समेत सेवा लिन सकिने गरि बुटवल भैरहवामा विस्तारित सेवा दिनको लागि सामानको तौल अनुसार टुह्वीलर, कार्गो भ्यान र टाटाको योद्धा तथा बलेरो प्रयोग गरिने उपाय सिटी कार्गोका अध्यक्ष तथा प्रवन्ध निर्देशक सुमन रायमाझीले बताउनु भयो ।
शुक्रबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा उहाँले यो तीन वर्षको अवधिमा ८५ हजार जनालाई सेवा प्रदान गरिएको र करिव तीन हजार जना राईडर (ड्राईभर)ले रोजगारी प्राप्त गरेको जानकारी गराउनु भयो । उहाँले त्यसबाहेक आधा दिन एक दिनको लागि पनि गाडि बुकिङको सुविधा दिईएको बताउनु भयो । आगामी दुई वर्ष भित्रमा नेपालका मुख्य १० देखि १५ शहरमा सेवा विस्तार गरिने र एउटा भोलुममा ढुवानीको समेत व्यबस्था मिलाईने उहाँले बताउनु भयो ।
संस्थाका डाईरेक्टर, लजिष्ट्रिक अपरेटर सन्दिप सुवेदीले व्यक्तिगत देखि व्यबसायिक ढुवानीमा सहयोगी बन्नेगरी सेवा सुरु गरिएको बताउँदै आफूहरुले सुरु गरेको सेवामा घरमै बसेर सेवा लिन सकिने र छिटोछरितो तथा भरपर्दो सेवा दिईने बताउनु भयो । उहाँका अनुसार तौल र दुरीका आधारमा सेवा शुल्क निर्धारण गरिएको छ भने क्यास वा डिजिटल भुक्तानीबाट समेत गर्न सकिने छ । संस्थाले राईडरहरुको ट्रयाकिङ समेत गर्ने र बिग्रिनी, राईडर बिरामी पर्ने यावत समस्या भएमा तुरुन्तै अर्को व्यबस्था हुने भएकाले भरपर्दो समेत रहेको सुवोध थापाले बताउनु भयो ।
यो कार्यक्रममा युकेएड सीप परियोजनाले समेत सहकार्य गरेको छ । महिला तथा पिछडीएको समुदायको सीप तथा रोजगारी प्रवद्र्धनको लागि सीपले सहकार्य गरेको प्रोग्राम म्यानेजर नवान शेर्पाले बताउनु भयो । उहाँका अनुसार सीपले उनीहरुलाई तालिम प्रदान गर्न र तालिम पाएकालाई रोजगारीमा जोड्नेगरी सहकार्य गरेको हो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपायसिटी कार्गोको सेवा बिस्तारसंगै आवश्यकताको परिपूर्ति हुने विश्वास व्यक्त गर्नुभयो । त्यसमा आफ्नो क्षेत्रबाट पूर्ण सहयोग हुने पनि विश्वास दिलाउनु भयो । त्यस्तै महिला उद्यमी, युवा उद्यमी मञ्च रुपन्देहीकी सदस्य शैलजा श्रेष्ठले उपायको सेवाले व्यक्तिगत रुपमा व्यबसायिक रुपमा समेत आवश्यकता परिपूर्ति हुने विश्वास व्यक्त गर्नुभयो ।