नेपाली काँग्रेसको महाधिवेशन अन्तगत भएको निर्वाचनमा सहमहामन्त्रीको मतगणना सकिएको छ । सकिएको सहमहामन्त्रीको मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समुहका ६ डा. शेखर कोईराला समुहका २ जना निर्वाचित भएका छन् ।
आठ सहमहामन्त्री पदमा खस आर्य तर्फ किशोरसिंह राठौर, मधेशी तर्फ महेन्द्र यादव, मुस्लिम तर्फ फर्मुल्ला मन्सुर, थारु तर्फ उमाकान्त चौधरी, महिलाबाट दिना उपाध्याय, आदिवासी जनजातीबाट भिष्मराज आङ्दम्बे, दलितबाट जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे निर्वाचित हुनु भएको हो ।
दलितबाट निर्वाचित परियार र पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित पाण्डे कोईराला समुहका उम्मेदवार हुन् भने बाँकी ६ जना देउवा समुहबाट उम्मेदवार भएका हुन् ।

यस अंगाडि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भईसकेका छन् । १३ सदस्यीय पदाधिकारीमा देउवा ईतर समुहका ५ जना उम्मेद्वार विजयी भएका छन् ।