अपाङ्गता सम्वन्धि ऐेन ल्याउने प्रदेश सरकारकाे तयारी छ : मन्त्री घर्ती

1.3K

अपाङ्गता सम्वन्धि ऐेन ल्याउने प्रदेश सरकारकाे तयारी छ : मन्त्री घर्ती


लुम्बिनी प्रदेशकी कानुन महिला, वालवालिका तथा जेष्ठनागरिक मन्त्री रमा घर्तीमगरले प्रदेश सरकारले अपाङ्गता सम्बन्धी ऐन ल्याउने तयारी गरिरहेकाे बताउनु भएकाे छ ।
आफु मन्त्री भएपछि प्रदेश सरकारले छुट्टै अपाङ्गता सम्बन्धी ऐन ल्याउने तयारीमा लागेकाे बताउनु भएकाे हाे ।  अपाङ्गता अपाङ्गता भएकाहरुको समस्या समाधानकाे लागि सरकार सकारात्मक रहेकाे र त्यसको लागि छुट्टै ऐनमा नै व्यवस्थपन गरेर सम्वाेधन गर्न लागिएको बताउनु भएकाे हाे ।
फाउन्ड परियोजनाको आयोजानमा बुटवलमा आयोजना गरिएको बार्षिक सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घर्तीले अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाएर राेजगारीकाे दायरामा ल्याउन सके त्यसले उनीहरुकाे जीवनयापनमा समेत सहज हुने भनाई राख्नुभयाे ।
कार्यक्रममा रोजगारविहिन अपाङ्गता भएका व्याक्तिहरुको लागि उर्जाशिल अवसर(फाउन्ड) परियोजनाका बुटवल कलष्टर रमेश पोखरेललले कार्यपत्र प्रस्तुत गर्दै रोजगार प्रवर्द्धनको लागि सरकार र सरोकारवालाको भुमिकाकाे विषयमन प्रकाश पार्नु भएकाे थियाे ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमादेवी काफ्ले, बुटवल उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष उज्जवलप्रसाद कसजु, फाउन्ड परियोजना बुटवल कलष्टर मेनेजर रामदयाल यादव लगायतले भनाई राखेका थिए ।
द ल्याप्रोसी मिसन नेपाल, नेपाल उद्योग बाणिज्य महासंघ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहयोगमा सञ्चालित फाउन्ड परियोजना नेपालका ५ जिल्लामा सञ्चालित छ । बुटवल कलष्टर अन्तरगत रुपन्देही र कपिलवस्तु जिल्लामा कार्यक्रम सञ्चालन भएको परियोजनाकी राधा भट्टराईले जानकारी गराउनु भयाे ।
उहाँका अनुसार सन् २०१९ देखि सञ्चालित कार्यक्रम सन् २०२३ सम्म रहनेछ । हालसम्म परियोजनाले २ हजार २३ जना अपाङ्गता भएका व्याक्तिहरुको विचमा रहेर काम गरेको छ । जसमा ५ सय ३७ जनालाई रोष्टर गरिएको छ भने १ सय १ जनाले व्यवसायिक तालिम लिएका छन् । जसमा ५७ जनाले रोजगारी समेत पाईसकेका छन् ।