लोकदोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला देशभरीमै उत्कृष्ट

269

लोकदोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला देशभरीमै उत्कृष्ट

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला देशभरीमा उत्कृष्ट भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पुसको २ र ३ गते नवलपुरमा सम्पन्न २१ औं साधारण सभामा लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला समितिलाई उत्कृष्ट प्रदेश समिति जिल्ला समितिको रुपमा सम्मान गरिएको हो ।
वर्ष भरिका कामको मूल्यांकनको आधारमा लुम्बिनी प्रदेशलाई उत्कृष्ट प्रदेश र रुपन्देही जिल्लालाई उत्कृष्ट जिल्लाका रुपमा छनौट गरि सम्मान गरिएको हो । साधारण सभामा लुम्बिनी प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डेय र रुपन्देही जिल्ला अध्यक्ष दीपक कार्कीलाई कदर पत्र सहित सम्मान गरिएको हो ।
सम्मान ग्रहणपछि लुम्बिनी प्रदेश अध्यक्ष पाण्डेयले भन्नुभएको छ–‘हामीलाई हाम्रो कार्यको उचित मूल्यांकन गरी उत्कृष्टको रूपमा सम्मान प्रदान गर्नुहुने अध्यक्ष रमेश बि जी ज्यू एवं सम्पूर्ण अग्रजज्यूहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’