एसएसपि यादवकाे मृत्यु प्रकरण : सूक्ष्म अनुसन्धान गर्न गृहमन्त्री खाँणकाे निर्देशन

304

एसएसपि यादवकाे मृत्यु प्रकरण : सूक्ष्म अनुसन्धान गर्न गृहमन्त्री खाँणकाे निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले संघीय प्रहरी इकाई भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवकाे परिवारसँग भेटघाट गर्नुभएको छ ।
झुण्डिएकाे अवस्थामा शव भेटिएका एसएसपि यादवकाे परिवारलाई गृहमन्त्री खाँणले शुक्रबार साझ  घटनास्थलमै पुगेर भेटघाट गर्नुकाे साथै घटनाकाे बारेमा जानकारी लिनुभएकाे हाे ।
त्यस क्रममा गृहमन्त्री खाँणलाई एसएसपी यादवकाे शुक्रबार दिउसाे झुण्डिएकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जानकारी गराएकाे थियाे ।
त्यसक्रममा गृहमन्त्री खाँणले घटनाका बारेमा सूक्ष्म अनुसन्धान गर्न समेत प्रहरीलाई निर्देशन गर्नुभएकाे छ । प्रहरी प्रवक्ता बसन्त कुवरले घटनाकाे कारण नखुलेको र अनुसन्धान भइरहेकाे जानकारी दिनुभयाे ।