नेवार समसदायकाे तानसेन गुठी बुटवल शाखाकाे अध्यक्षमा अर्जुनमान सैंजुलाई चयन गरिएकाे छ । तानसेन गुठी बुटवल शाखाकाे साेमबार बुटवलमा सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनबाट सैंजुलाई सर्वसम्मत रुपमा बुटवल शाखाकाे अध्यक्षमा चयन गरिएकाे हाे ।
समितिकाे उपाध्यक्षमा केदार श्रेष्ठ, सचिवमा सुरेन्द्रमुनी शाक्य, काेषाध्यक्षमा मुकेश श्रेष्ठ, सहसचिवमा उपेन्द्रमान श्रेष्ठ र सहकाेषाध्यक्षमा रञ्जन कसजू सहित १७ सदस्यीय कार्यसमिति चयन गरिएकाे छ ।
साधारण सभा तथा अधिवेशनकाे उद्घाटन गर्दै तानसेन गुठी काठमाण्डाैका पूर्व अध्यक्ष तथा नेपाल परिवार नियाेजन संघका केन्द्रीय अध्यक्ष हिमाल कसजूले तानसेनबाट काठमाण्डाैमा गएका नेवार समुदायले तानसेन गुठी स्थापना गरिएकाे र साेही अनुसारका गतिबिधिहरु गर्दै अगाडि बढिएकाे बताउनु भयाे ।
त्यस्तै तानसेन गुठी काठमाण्डाैका अध्यक्ष निलम गाेंगल श्रेष्ठले तानसेन गुठीले पाल्पाकाे तानसेनबाट काठमाण्डाैमा गएका नेवार समुदायलाई एउटा सुत्रमा बाध्ने काम गरेकाे बताउंदै यसका गतिबिधिलाई अझै ससक्त बनाईने र शाखाहरुले पनि समुदायकाे संस्कार र संस्कृतिकाे संरक्षणमा ध्यान दिन आग्रह गर्नु भयाे ।
जन्मभूमी तानसेनबाट काठमाण्डाैमा गई विभिन्न पेशा व्यवसाय गरि बसेका नेवार समुदायका तानसेनबासीहरुका बिच सुमधुर सम्बन्ध, स्नेह, मित्रता र भातृत्व तथा सद्भाव कायम गरि पारस्पारिक मेलमिलाप र सहयाेग अभिबृद्धि गर्दै अगाडि बढ्ने उदेश्य सहित २०५० सालमा काठमाण्डाैमा स्थापना गरिएकाे थियाे ।
त्यसै अनुसार पाल्पाकाे तानसेन र रुपन्देहीकाे बुटवलमा तानसेन गुठीकाे शाखा गठन गरिएकाे हाे । तानसेनबाट विभिन्न पेशा व्यवसायकाे सिलसिलामा बुटवल झरेका नेवार समुदायले तानसेन गुठी बुटवल शाखा स्थापना गरिएकाे अध्यक्ष निर्मलप्रसाद लाकाैलले बताउनु भयाे।


तानसेन गुठी बुटवलकाे साधारण सभा तथा अधिवेशनकाे अवसरमा दुई जना जेष्ठ नागरिकलाई सम्मान गरिएकाे छ ।
तानसेन गुठी बुटवलले बुटवल उपमहानगरपालिका वडा ९ निवासी ८५ वर्षीय देवीध्वज सिमाङ्गैडा र वडा नं. ८ निवासी ९६ वर्षीय धनलक्ष्मी कसजूलाई सम्मान गरेकाे हाे । उहाँहरुलाई तानसेन गुठी काठमाण्डाैका पुर्व अध्यक्ष कसजू र बुटवल शाखाका अध्यक्ष निर्मलप्रसाद लाकाैलले दाेसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भयाे ।
त्यसै अवसरमा सम्मानित देवीध्वज सिमाङ्गैडाले संस्थामा छात्रबृत्ति अक्षयकाेष स्थापनाकाे लागि १ लाख ११ हजार १११ रुपैया प्रदान गर्नुभयाे । उक्त काेषबाट गरिव विपन्न वालबालिकालाई छात्रबृत्ति प्रदान गर्न आग्रह गर्नुभयाे ।
त्यस्तै कार्यसमिति सदस्य ईरादेवी थैवले आफ्ना स्व. बुवा बृजमान श्रेष्ठ र स्व. आमा नैनकुमारी थैवकाे स्मृतिमा १ लाख १ हजार रुपैयाकाे अक्षयकाेष स्थापनाकाे घाेषणा गर्नुभयाे ।
कार्यक्रममा बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष तथा तानसेन गुठी बुटवलका सदस्य उज्ज्वलप्रसाद कसजू, पूर्व अध्यक्ष जीवनप्रसाद वझा, तानसेन गुठी बुटवलका उपाध्यक्ष अर्जुनमान सैजु, कार्यसमिति सदस्य ईरादेवी थैव, सम्मानित देवीध्वज सिमाङ्गैडा लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
