नेपाली काँग्रेस लुम्बिनीमा उपविजेता शाहलाई दाेस्राे वरियता

288

नेपाली काँग्रेस लुम्बिनीमा उपविजेता शाहलाई दाेस्राे वरियता

नेपाली काँग्रेस लुम्बिनीका उपविजेता भरतकुमार शाहलाई दाेस्राे वरियता प्रदान गरिएकाे छ । प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिकाे बिहिबार साँझ बसेकाे बैठकले सभापति पदमा प्रतिस्पर्धा गरेर उपविजेता बनेका शाहलाई सभापति अमर पुन पछिकाे वरियतामा राख्ने निर्णय गरेकाे हाे ।
बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार चयन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएकाे छ । त्यस्तै वैठकले निर्वाचन समिति, अधिवेशनमा खटिएकाे पार्टीकाे नेतृत्व, पार्टीका विभिन्न पंक्ति, मतदाता, पत्रकार तथा सुरक्षा निकायलाई समेत धन्यवाद ज्ञापन गरेकाे छ ।
बिहिबार नै निर्वाचन समितिले प्रदेशकाे नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेकाे थियाे । नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन समितिले बिहिबार भैरहवामा कार्यक्रमकाे आयाेजना गरि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेकाे हाे ।