‘विपीको मेलमिलापको नीति अनुशरण गरौं’

189

‘विपीको मेलमिलापको नीति अनुशरण गरौं’

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले विपीको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै त्यसको अनुशरण गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस रुपन्देहीले ४६ औं राष्ट्रिय एकता एर्व मेलमिलाप दिवसको अवसरमा शुक्रबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रज्जाकले पार्टी भित्र र बाहिर पनि मेलमिलाप उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो । नेपाली काँग्रेसल राष्ट्रियता र लोकतन्त्रमा प्रतिवद्ध रहेको बताउँदै उहाँले अन्तरपार्टीमा पनि मेलमिलापको नीति लिएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
त्यस्तैगरी अर्का केन्द्रीय सदस्य चन्द्र केसीले काँग्रेस मिल्दा कसैले पनि हराउन नसक्ने भन्दै काँग्रेस बलियो हुँदा मुलुकको राष्ट्रियता र लोकतन्त्र पनि बलियो हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले आफू सधै सहमति र सहकार्यमा विश्वास राख्ने बताउँदै सोही सबैसंग सहमति र सहकार्यको लागि तयार रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, पूर्व उपसभापति विजय शर्मा, क्षेत्रीय सभापतिहरु सुशिल गुरुङ, वसिउल्लाह मुसलमान, महासमिति सदस्य बालकुमारी भण्डारी लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम सचिव हरि काफ्लेको सञ्चालनमा भएको थियो । त्यसै अवसरमा केन्द्रीय सदस्यमा निर्वाचित अब्दुल रज्जाक र चन्द्र केसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।