नेकपा माओवादी केन्द्रले आगामी चुनाव लगत्तै विशेष महाधिवेशन गर्ने भएको छ । पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विचार निर्माणको लागि चुनाव लगत्तै विशेष महाधिवेशन गर्ने बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले आफूले प्रस्तुत गरेको प्रतिवेशन माथि आएका सुझावहरुलाई समेट्ने पनि बताउनु भयो । बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास भएको छ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काडमाण्डौ प्रज्ञा भवनमा जारी छ ।